+

बीबीएलको उद्घाटन खेल चेन्नईमा हुने लगभग निश्चित

२०८३ जेठ  ५ गते ११:१२ २०८३ जेठ ५ गते ११:१२
बीबीएलको उद्घाटन खेल चेन्नईमा हुने लगभग निश्चित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियन बिग ब्यास लिग २०२६–२७ को उद्घाटन खेल चेन्नईस्थित एमए चिदाम्बरम स्टेडियममा हुने लगभग निश्चित भएको छ ।
  • क्रिकेट अस्ट्रेलियाले फेब्रुअरीमै चेन्नईलाई सम्भावित स्थलका रूपमा पहिचान गरेको थियो ।
  • तमिलनाडू क्रिकेट एसोसिएसन र बीसीसीआईले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

५ जेठ, काठमाडौं । अस्ट्रेलियन बिग ब्यास लिग (बीबीएल) क्रिकेट २०२६–२७ सिजनको उद्घाटन खेल चेन्नईस्थित एमए चिदाम्बरम स्टेडियममा हुने लगभग निश्चित भएको छ ।

क्रिकेट अस्ट्रेलियाले गत फेब्रुअरीमै चेन्नईको मैदानलाई सम्भावित स्थलका रूपमा पहिचान गरेको थियो । त्यसपछि भएको छलफलमा तमिलनाडू क्रिकेट एसोसिएसन र बीसीसीआईबाट सकारात्मक प्रतिक्रिया मिलेपछि योजना अघि बढेको हो।

सोमबार क्रिकेट अस्ट्रेलियाको पाँच सदस्यीय टोली चेन्नई सुपर किङ्सको घरेलु खेलका क्रममा मैदान निरीक्षणका लागि चेन्नई पुगेको थियो ।

बीबीएलको कुनै खेल भारतमा आयोजना गर्ने योजना सफल भए यो पहिलो पटक हुनेछ । कुन दुई टोलीबीच खेल हुने भन्ने टुंगो लागिसकेको छैन, तर सिड्नी थन्डर, मेलबर्न स्टार्स र मेलबर्न रेनेगेड्स लगायतका टोलीहरू इच्छुक रहेको बताइएको छ ।

यद्यपी सरकारी तहमा केही अन्तिम छलफल बाँकी रहेकाले औपचारिक घोषणा हुन भने अझै समय लाग्नेछ ।

-क्रिकइन्फोबाट

बिग ब्यास लिग क्रिकेट बीबीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय