News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान १०९ मत प्राप्त गरी निर्वाचित भएका छन्।
- उपाध्यक्षमा सुवास गजुरेल र दीपक वली, महासचिवमा समुन्द्र भट्ट निर्वाचित भएका छन्।
- कोषाध्यक्षमा जनक खड्का निर्विरोध निर्वाचित भएका छन् भने सहकोषाध्यक्षमा उत्सव केसी चुनिएका छन्।
काठमाडौँ । चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान निर्वाचित भएका छन् ।
मंगलबार राती सम्पन्न निर्वाचनको अन्तिम परिणामअनुसार प्रधानले आफ्ना प्रतिद्वन्द्वी जनकदीप पराजुलीलाई पराजित गरे । कुल १५९ मत खसेको निर्वाचनमा प्रधानले १०९ मत प्राप्त गरे भने पराजुलीले ४६ मत मात्र पाए ।
दुई उपाध्यक्ष पदमा सुवास गजुरेल र दीपक वली निर्वाचित भए । महासचिवमा समुन्द्र भट्ट विजयी हुँदा सचिव पदमा राजबहादुर साने निर्वाचित भए ।
कोषाध्यक्षमा जनक खड्का निर्विरोध निर्वाचित भए । सहकोषाध्यक्षमा उत्सव केसी चुनिए । लक्ष्मण सुवेदी, लक्ष्मण सुनार, साकार पन्त, अमरदीप सापकोटा, शिव शर्मा कँडेल र हस्तबहादुर लिम्बु निर्विरोध निर्वाचित भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4