+
+
Shares

रुस र चीनबीच ‘पावर अफ साइबेरिया २’ सम्झौता

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आरटी लाई जानकारी दिए अनुसार, रुस र चीनले ‘पावर अफ साइबेरिया २’ परियोजनाका मुख्य मापदण्डहरू, मार्ग र निर्माण दुवैका विषयमा सहमति जुटाएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते १४:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुस र चीनले 'पावर अफ साइबेरिया २' परियोजनाका मुख्य मापदण्डहरू र मार्गमा सहमति जुटाएको जानकारी दिनुभयो।
  • यो परियोजनाले रुसको आर्कटिक र साइबेरियन क्षेत्रबाट मंगोलिया हुँदै चीनमा वार्षिक ५० अर्ब घनमिटर ग्यास पुर्‍याउन सक्छ।
  • पेस्कोभले भने, 'केही सानातिना विवरणहरू मिलाउन अझै बाँकी छ' र यो परियोजनाको क्षमता 'नर्ड स्ट्रीम २' पाइपलाइनसँग तुलना गर्न सकिन्छ।

६ जेठ, काठमाडौं । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आरटी लाई जानकारी दिए अनुसार, रुस र चीनले ‘पावर अफ साइबेरिया २’ परियोजनाका मुख्य मापदण्डहरू, मार्ग र निर्माण दुवैका विषयमा सहमति जुटाएका छन्।

‘केही सानातिना विवरणहरू मिलाउन अझै बाँकी छ,’ उनले भने।

करिब दुई दशकदेखि छलफलमा रहेको यो प्रस्तावित परियोजनाले रुसको आर्कटिक र साइबेरियन क्षेत्रबाट मंगोलिया हुँदै चीनमा वार्षिक थप ५० अर्ब घनमिटर ग्यास पुर्‍याउन सक्छ।

यो क्षमता क्षतिग्रस्त ‘नर्ड स्ट्रीम २’ पाइपलाइनको ५५ अर्ब घनमिटरको वार्षिक क्षमतासँग तुलना गर्न सकिने खालको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?