+

ओडीआई ब्याटिङ वरियता : भुर्तेल १७ स्थान सुधार गर्दै शीर्ष १०० मा प्रवेश

२०८३ जेठ  ६ गते १४:५४ २०८३ जेठ ६ गते १४:५४
ओडीआई ब्याटिङ वरियता : भुर्तेल १७ स्थान सुधार गर्दै शीर्ष १०० मा प्रवेश

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेट टिमका ओपनिङ ब्याटर कुशल भुर्तेल आईसीसीको ओडीआई ब्याटिङ वरियताको शीर्ष १०० मा प्रवेश गरेका छन्।
  • यसअघि आसिफ शेख र दीपेन्द्रसिंह ऐरी शीर्ष १०० मा प्रवेश गरेका थिए भने भुर्तेलले १७ स्थान सुधार गरेका छन्।
  • दीपेन्द्रसिंह ऐरी अलराउन्डर वरियतामा २५औं र सन्दीप लामिछाने बलिङ वरियतामा ३६औं स्थानमा छन्।

६ जेठ, काठमाडौं । नेपाली क्रिकेट टिमका ओपनिङ ब्याटर कुशल भुर्तेल आईसीसीले अध्यावधि गरेको ओडीआई ब्याटिङ वरियताको शीर्ष १०० मा प्रवेश गरेका छन् ।

यसअघि गत साता दुई नेपाली ब्याटर आसिफ शेख र दीपेन्द्रसिंह ऐरी शीर्ष १०० मा प्रवेश गरेका थिए । यस साताको अपडेटमा भुर्तेलले १७ स्थान सुधार गरेर १००औं स्थानमा उक्लिएका हुन् ।

घरेलु मैदानमा भएको ओमान र यूएईसँगको लिग २ शृङ्खलामा उनी दुई खेल खेलेपछि ड्रप भएका थिए । त्यसपछि स्कटल्यान्ड र अमेरिकासँगको शृङ्खलामा पहिलो खेल नखेलेका उनले दोस्रो खेलमा मौका पाउँदा शतक नै बनाए ।

भुर्तेलको शानदार शतक मद्दतमा नेपालले अमेरिका विरुद्धको खेलमा सहज जित निकालेको थियो । त्यसपछि स्कटल्यान्डसँगको दोस्रो खेलमा भुर्तेल २८ रनमा आउट भए ।

बुधबार अध्यावधि भएको वरियता अनुसार आसिफ शेख ८७औं स्थानमा छन् भने दीपेन्द्रसिंह ऐरी ९९औं स्थानमा छन् । आसिफले ७ स्थान सुधार गरेका हुन् भने दीपेन्द्र यथास्थानमा छन् ।

अलराउन्डर वरियतामा दीपेन्द्र २५औं स्थानमा छन् भने बलिङ वरियतामा सन्दीप लामिछाने ३६औं स्थानमा छन् ।

ओडीआई वरियता कुशल भुर्तेल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय