News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा (एमाले)का सांसद राजेन्द्र राईले सरकार विधि र लोकतान्त्रिक मूल्य विपरीत चलेको आरोप लगाएका छन्।
- सांसद राईले सरकार बहुमतको दम्भ देखाएर शासन सञ्चालन गरिरहेको बताए।
- उनले सरकारलाई लोकतन्त्र र विधिको शासनप्रति विश्वास नभएको र गणतन्त्रको नाममा भाषण मात्र भइरहेको टिप्पणी गरे।
६ जेठ, काठमाडौं । नेकपा (एमाले)का सांसद राजेन्द्र राईले सरकार विधि र लोकतान्त्रिक मूल्य विपरीत चलेको आरोप लगाएका छन् ।
बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद राईले सरकार बहुमतको दम्भ देखाएर शासन सञ्चालन गरिरहेको आरोप लगाए ।
राष्ट्रिय स्वतन्त्र पार्टी समाज र जनताको सेवाबाट नभई गैरराजनीतिक ढंगले आएको टिप्पणी पनि उनको थियो ।
‘सरकार विधिमा चलेन । सरकारलाई के दम्भ छ भने मसँग धेरै सिट छ यही सिटको दम्भमा पेलेर जान्छु भन्ने छ । त्यो पार्टीबाट हिजो समाजको निम्ति काम गरेको मान्छे कोही पनि आएको छैन । अहिले सरकार समाजसेवा र राजनीति ढंगले आएको सरकार होइन,’ राईले भने ।
सांसद राईले सरकारलाई लोकतन्त्र र विधिको शासनप्रति विश्वास नभएको आरोप लगाउँदै लोकतान्त्रिक प्रणाली कमजोर पार्ने प्रयास भइरहेको बताए । साथै, गणतन्त्र र लोकतन्त्रको नाममा भाषण मात्र भइरहेको तर मुलुक निर्माणका लागि ठोस आधार प्रस्तुत गर्न नसकिएको टिप्पणी उनको थियो ।
‘यो सरकारलाई लोकतन्त्रमा विश्वास पनि छैन । विधिको शासन उल्ट्याउन चाहान्छ । र हामीले ल्याएको लोकतन्त्र र गणतन्त्रमा झण्डा फैल्याएर भाषण गरेर हिँडेका छन् । तर मुलुक बनाउने आधार खै त ?,’ राईले भने ।
प्रतिक्रिया 4