News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सांसद रिमा विश्वकर्माले दलितलाई हेर्ने समाजको दोषी चश्मा खोल्ने कुरामा सरकार सचेत हुनुपर्ने बताएकी छिन्।
- उनीले जातीय हिंसालाई दलितको मात्रै मुद्दा ठान्ने समाजको दोषी चश्मा खोल्ने बेला आएको र सरकारलाई छुवाछुत र जातीय विभेद अन्त्य गर्न चुनौती दिएकी छिन्।
- सांसद विश्वकर्माले दलित समुदायमाथि क्षमायाचना गर्नुअघि उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याएकी छिन्।
६ जेठ, काठमाडौं । रास्वपा सांसद रिमा विश्वकर्माले दलितलाई हेर्ने समाजको दोषी चश्मा खोल्ने कुरामा सरकार सचेत हुनुपर्ने बताएकी छिन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले छुवाछुत तथा जातीय विभेदको अन्त्य गर्न सरकारलाई चुनौती समेत दिइन् ।
जातीय हिंसालाई दलितको मात्रै मुद्दा ठान्ने, नसुनेझैं, नदेखेझैं गर्ने हाम्रो समाजको दोषी चश्मालाई खोल्ने कुरामा सरकार सचेत हुनुपर्ने उनको भनाइ थियो ।
‘अझै पनि जातीय हिंसालाई दलितको मात्रै मुद्दा ठान्ने, नसुनेझै, नदेखेझै गर्ने हाम्रो समाजको दोषी चश्मा अव खोल्ने बेला आएको छ । सदियौंदेखि पिल्सिएका दलित समुदायलाई क्षमायाचना त्यतिबेला मात्रै स्वीकार्य हुन्छ, जब त्यो ठोस क्षतिपूर्तिसहित आउँछ,’ उनले भनिन्, ‘सतिप्रथा र कमलरी प्रथा अन्त्य गरेको यो समाजमा म हाम्रो सरकारलाई आफ्नै कार्यकालमा छुवाछुत र जातीय विभेदको अन्त्य गर्न चुनौती दिन चाहन्छु ।’
सांसद विश्वकर्माले दलित समुदायमाथि क्षमायाचना गर्नुअघि उनीहरुलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने आवश्यकता पनि औंल्याइन् ।
प्रतिक्रिया 4