+
+
Shares

एक चिनियाँ युवकसँग रुसी राष्ट्रपति पुटिनको २५ वर्षपछि पुनर्मिलन

२५ वर्षभन्दा बढी समयअघि राष्ट्रपतीय भ्रमणका क्रममा बेइजिङमा पुटिनले १२ वर्षीय बालकसँग भेटेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते १६:०९

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चिनियाँ इन्जिनियर पेङ पाईसँग भेट गरेका छन् । २५ वर्षभन्दा बढी समयअघि राष्ट्रपतीय भ्रमणका क्रममा बेइजिङमा पुटिनले १२ वर्षीय बालकसँग भेटेका थिए । तिनै बालक पाई अहिले ठूलो भएर इन्जिनियर भएका बेला पुटिनले आकस्मिक भेट गरेका हुन् ।

मंगलबार दुई दिने भ्रमणका लागि बेइजिङ आइपुगेका पुटिनले दियाओयुताई स्टेट गेस्टहाउसमा पेङलाई स्वागत गरे । पुटिनले पेङको रुसमा अध्ययन गर्ने निर्णयको प्रशंसा गर्दै यो कुरा आफ्नो लागि ‘अत्यन्तै खुसीको विषय’ भएको बताए ।

उनले पेङ दक्षिण चीनमा जन्मेको र त्यहाँको मौसम मस्कोभन्दा फरक हुने उल्लेख गर्दै पेङले त्यहाँ राम्रो र मैत्रीपूर्ण वातावरण पाएको आशा व्यक्त गरे ।

लामो हात मिलाएपछि दुवैले एक–अर्कालाई अङ्कमाल गरे । उपहार तथा स्मृति चिन्हहरूको आदान–प्रदान गरे र पुटिनले उनीहरूको पहिलो भेटको एउटा स्मरणार्थ तस्वीरमा हस्ताक्षर गरे ।

रुसी सरकारी सञ्चार माध्यम आरटीका अनुसार, उनीहरूको पहिलो भेट जुलाई २००० मा भएको थियो, जब पुटिन रुसी नेताको रूपमा आफ्नो पहिलो चीन भ्रमणका क्रममा ‘फर्बिडन सिटी’को भ्रमणपछि बेइजिङको बेइहाई पार्कमा अनपेक्षित रूपमा रोकिएका थिए ।

पार्कको भ्रमण आधिकारिक तालिकाको अंश थिएन र उक्त क्षेत्र खाली पनि गरिएको थिएन । आरटीकोे रिपोर्ट अनुसार, पुटिनले ड्युटीमा रहेका सशस्त्र प्रहरीहरूलाई छलेर अगाडि बढे र बालकलाई देखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?