News Summary
Generated by OK AI. Editorially reviewed.- मलेसियाले नेपाललाई दोस्रो टी-२०आई खेलमा ८३ रनको लक्ष्य दिएको छ।
- मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर ८२ रन बनाएको हो।
- नेपालका कविता कुँवर, रिया शर्मा र रुबिना क्षेत्रीले २-२ विकेट लिए।
८ जेठ, काठमाडौं । एसियन गेम्सको तयारीका लागि भइरहेको नेपाल र मलेसियन महिला टोलीबीचको दोस्रो टी-२०आई खेलमा मलेसियाले नेपाललाई ८३ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर ८२ रन बनाएको हो ।
मलेसियाका लागि आइना हमिजाले १७ रन बनाइन् भने धनुश्रीले १५ रन बनाइन् । आरियाना नताशा १३ रनमा अविजित रहिन् ।
नेपालका लागि कविता कुँवर, रिया शर्मा र रुबिना क्षेत्रीले २-२ विकेट लिए भने पूजा महतो र सीता रानामगरले १-१ विकेट लिए ।
यसअघि पहिलो खेलमा नेपालले ६८ रनको लक्ष्य पछ्याउँदा संघर्षपुर्ण जित हासिल गरेको थियो ।
प्रतिक्रिया 4