+

रोनाल्डोले जिते पहिलो साउदी प्रो लिग उपाधि

२०८३ जेठ  ८ गते ९:५४ २०८३ जेठ ८ गते ९:५४
रोनाल्डोले जिते पहिलो साउदी प्रो लिग उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्रिस्टियानो रोनाल्डोले अल नासरबाट साउदी प्रो लिगको उपाधि जितेका छन् ।
  • अल नासरले दमाकलाई ४-१ ले पराजित गरी ८६ अंकसहित उपाधि हात पारेको हो ।
  • रोनाल्डोले साउदी अरबमा तीन सिजनमा १ सयभन्दा बढी गोल गरेका छन् ।

८ जेठ, काठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले अन्तत: अल नासर क्लबबाट साउदी प्रो लिगको उपाधि जितेका छन् ।

यस सिजन अन्तिम खेलमा बिहीबार अल नासरले दमाकलाई ४-१ ले पराजित गरेपछि रोनाल्डोले पहिलो पटक साउदी प्रो लिग ट्रफी उचालेका हुन् ।

सन् २०२३ को सुरुमै इंग्लिस क्लब म्यानचेस्६र युनाइटेड छाडेर साउदी लिगका अल नासरसँग अनुबन्ध भएका रोनाल्डोले लिग उपाधि जित्न भने तीन वर्ष कुर्नुपर्‍यो ।

जितपछि अल नासरले ३४ खेलबाट ८६ अंक जोड्दै दोस्रो स्थानको अल हिलालाई २ अंकले पछि पारेको हो । अल हिलाले अल पेइहालाई १-० ले पराजित गरेपनि उपाधिका लागि पर्याप्त भएन ।

अल नासरका लागि रोजाल्डोले ६३औं र ८१औं मिनेटमा गोल गरे । त्यसअघि साडियो मानेले ३२औं मिनेटमा गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए भने किङ्ग्सले कोमनले ५२औं मिनेटमा अग्रता दोब्बर पारेका थिए ।

दमाकका लागि मोरलाया सिलाले ५८औं मिनेटमा पेनाल्टीबा६ एक गोल फर्काएका थिए ।

४१ वर्षीय स्टार रोनाल्डोले साउदी अरबमा तीन सिजन बिताउँदा अल नासरका लागि १ सय भन्दा बढी गोल गरिसकेका छन् ।

रोनाल्डोले यसअघि युरोपमा इंग्ल्यान्ड, स्पेन, इटालीमा घरेलु लिग उपाधि जितिसकेका छन् ।

जुन ११ देखि अमेरिका, मेक्सिको र क्यानडामा सुरु हुने फिफा विश्वकप २०२६ को लागि पोर्चुगलको टिममा समावेश रोनाल्डो छैटौं पटक विश्वकप खेल्ने तयारीमा छन् ।

अल नासर क्रिस्टियानो रोनाल्डो साउदी प्रो लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय