News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले एसियन गेम्स तयारीका लागि मलेसियासँग दोस्रो टी-२०आई खेल ७ विकेटले जितेको छ।
- नेपालले मलेसियाले दिएको ८३ रनको लक्ष्य १६ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो।
- सम्झना खड्काले अविजित ३९, कविता कुँवरले अविजित १९ रन बनाएकी थिइन्।
८ जेठ, काठमाडौं । एसियन गेम्सको तयारीका लागि भइरहेको नेपाल र मलेसियन महिला टोलीबीचको दोस्रो टी-२०आई खेल पनि नेपालले जितेको छ ।
मलेसियाले दिएको ८३ रनको लक्ष्य नेपालले १६ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्दै ७ विकेटको जित निकालेको हो ।
सम्झना खड्काले अविजित ३९ रन बनाइन् भने कविता कुँवरले अविजित १९ रन बनाइन् । सोनी पाख्रिनले १२ रन बनाइन् ।
मलेसियाका लागि नुर दानिया, आइसा एलिसा र आइना हमिजाले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर ८२ रन बनाएको हो ।
मलेसियाका लागि आइना हमिजाले १७ रन बनाइन् भने धनुश्रीले १५ रन बनाइन् । आरियाना नताशा १३ रनमा अविजित रहिन् ।
नेपालका लागि कविता कुँवर, रिया शर्मा र रुबिना क्षेत्रीले २-२ विकेट लिए भने पूजा महतो र सीता रानामगरले १-१ विकेट लिए ।
यसअघि पहिलो खेलमा नेपालले ६८ रनको लक्ष्य पछ्याउँदा संघर्षपुर्ण जित हासिल गरेको थियो ।
प्रतिक्रिया 4