News Summary
Generated by OK AI. Editorially reviewed.- भारतले काभा महिला भलिबल च्याम्पियनसिपमा माल्दिभ्सलाई २५-९, २५-१४, २५-१७ ले पराजित गरी लगातार दोस्रो जित हात पारेको छ।
- भारतले समूह ए मा ५ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ र सोमबार कीर्गिस्तानसँग अन्तिम खेल खेल्नेछ।
- नेपालले सेमिफाइनल पुग्न कीर्गिस्तानलाई हराउनै पर्नेछ र खेल हिमालय स्पोर्ट्स टेलिभिजनमा प्रत्यक्ष प्रसारण भइरहेको छ।
९ जेठ, काठमाडौं । काभा महिला भलिबल च्याम्पियनसिपमा भारतले लगातार दोस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शनिबार भएको समूह एको खेलमा भारतले माल्दिभ्सलाई २५-९, २५-१४, २५-१७ ले पराजित गरेको हो ।
पहिलो खेलमा भारतले घरेलु टोली नेपाललाई ३-२ ले पराजित गरेको थियो । माल्दिभ्सको यो लगातार दोस्रो हार हो । दुई जितपछि भारत ५ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ ।
भारतले समूहको अन्तिम खेल सोमबार कीर्गिस्तानसँग खेल्नेछ । पहिलो खेलमा पराजित घरेलु टोली नेपालले आज आफ्नो दोस्रो खेलमा कीर्गिस्तानसँग खेल्नेछ ।
नेपाल सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न कीर्गिस्तानलाई हराउनै पर्नेछ । शनिबार भएको पहिलो खेफमा समूह ए मा कजाखस्तानले श्रीलंकालाई ३-० को सेटमा हराएर विजयी सुरुवात गरेको छ ।
काभा महिला भलिबल च्याम्पियनसिपको खेलहरू हिमालय स्पोर्ट्स टेलिभिजनमा प्रत्यक्ष प्रसारण भइरहेको छ ।
प्रतिक्रिया 4