News Summary
Generated by OK AI. Editorially reviewed.- बायर्न म्युनिखले स्टुटगार्टलाई ३–० ले हराउँदै जर्मन डीएफबी पोकलको उपाधि जितेको छ।
- फाइनल खेलमा ह्यारी केनले ह्याट्रिक गर्दै बायर्नलाई लिग र कप 'डबल' पूरा गराएको छ।
- केनले ५५औं, ८०औं मिनेट र इन्जुरी समयमा गोल गर्दै लगातार दोस्रो खेलमा ह्याट्रिक गरेका छन्।
१० जेठ, काठमाडौं । बायर्न म्युनिखले स्टुटगार्टलाई हराउँदै जर्मन डीएफबी पोकलको उपाधि जितेको छ । फाइनलमा ह्यारी केनको ह्याट्रिकमा बायर्न म्युनिखले स्टुटगार्टलाई ३–० ले पराजित गर्दै लिग र कप ‘डबल’ पूरा गरेको हो ।
बर्लिनस्थित ओलम्पियास्टाडियनमा शनिबार राति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा केन चम्किए । उनले ५५औं मिनेटमा पहिलो गोल गर्दै बायर्न म्युनिखलाई अग्रता दिलाए ।
त्यसपछि ८०औं मिनेटमा दोस्रो गोल थपेका केनले इन्जुरी समयमा पेनाल्टीमार्फत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे । दोस्रो गोलमा लुइस डियाज ले असिस्ट दिएका थिए ।
योसँगै केनले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेका छन् । उनले यस सिजन बायर्न म्युनिखका लागि ५१ खेलमा ६१ गोल गर्दै शानदार प्रदर्शन गरेका छन् ।
यसअघि बायर्न म्युनिखले बुन्डेसलिगा र जर्मन सुपरकप जितिसकेको थियो । यो जितसँगै बायर्न म्युनिखले आफ्नो इतिहासमा २१औं पटक जर्मन कप जित्दै सन् २०१९–२० पछि पहिलो पटक डीएफबी पोकल उचालेको हो ।
प्रतिक्रिया 4