+
+
Shares

काठमाडौंको नरेफाँटमा युवकमाथि आक्रमण

आक्रमणबाट सिरहाको कर्जन्हा नगरपालिका–१० घर भई नरेफाँट बस्ने १८ वर्षीय करणकुमार साह घाइते भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १० गते १४:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिका–३२ नरेफाँटमा १० जेठ दिउँसो २ बजे १८ वर्षीय करणकुमार साहमाथि धारिलो हतियारले आक्रमण भएको छ।
  • करणकुमार साहले प्रहरी वृत्त नयाँ बानेश्वरमा अभिषेक यादव, धनराज यादवसहित ५/६ जनाविरुद्ध उजुरी दिएका छन्।
  • प्रहरीका अनुसार आक्रमण गर्नेहरू करणकुमारका मामा र भान्जाबीचको विवादका कारण भएको हो र फरार व्यक्तिहरूको खोजी भइरहेको छ।

१० जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका–३२ नरेफाँटमा दिउँसै युवकमाथि धारिलो हतियारबाट आक्रमण भएको छ ।

आक्रमणबाट सिरहाको कर्जन्हा नगरपालिका–१० घर भई नरेफाँट बस्ने १८ वर्षीय करणकुमार साह घाइते भएका छन् । आफूमाथि आक्रमण भएको भन्दै ज्यान मार्ने उद्योग र डाँका गर्न नहुने कसुरमा प्रहरी वृत्त नयाँ बानेश्वरमा उनले उजुरी दिएका छन् ।

जसमा धनुषा घर भई ललिपुर टिकाथली बस्ने १८ वर्षीय अभिषेक यादव, धनुषा नै घर भई टिकाथली बस्ने २८ वर्षीय धनराज यादवसहित परिचय नखुलेका ५/६ जनाभन्दै प्रहरीमा उजुरी दिइएको छ ।

घटना शुक्रबार दिउँसो २ बजेतिरको हो । छुरा आक्रमणबाट हात, ढाड, घाँटी र टाउकोमा चोट लागेको पीडितले दाबी गरेका छन् ।

प्रहरी स्रोतका अनुसार कुट्ने र कुटाइ खाने सहोदर मामा–भान्जा हुन् । मामाले सम्झाउन खोज्दा उल्टै यसअघि टिकाथलीमाले भान्जाले मामालाई आक्रमण गरेको बताइएको छ । त्यसको बदलामा शुक्रबार मामाले भान्जालाई आक्रमण गरेको देखिएको प्रहरीले बताएको छ ।

अहिले आक्रमण गर्ने फरार भएकाले खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?