News Summary
Generated by OK AI. Editorially reviewed.- भारतको गोवामा हुने आठौँ साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा सोमबार नेपालले भुटानको सामना गर्दै छ ।
- कप्तान एन्जिला तुम्बापो सुब्बाले भनिन्, “हामीले धेरै फाइनल खेलिसकेका छौँ । यस पटक हामी राम्रो खेल खेल्न तयार छौँ र आउने खेलमा केन्द्रित छौँ ।”
- राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघमाथिको निलम्बन फुकुवा गरेपछि नेपाली टोलीको साफ सहभागिता निश्चित भएको हो ।
१० जेठ, काठमाडौं । भारतको गोवामा सोमबारदेखि सुरु हुने आठौं संस्करणको साफ महिला च्याम्पियनसिपको लागि नेपाली टोली तयार रहेको मुख्य प्रशिक्षक नविन न्यौपाने र कप्तान एन्जिला तुम्बापो सुब्बाले बताएका छन् ।
च्याम्पियनसिपअघि आइतबार भएको प्रि म्याच कन्फेरेन्समा कप्तान र प्रशिक्षकले टिम तयार रहेको र सुरुमा भोली हुने खेलमा केन्द्रित रहेको बताएका हुन् ।
नेपाली टिमलाई तेस्रो पटक साफ च्याम्पियनसिपमा कप्तानी गर्न लागेकी कप्तान एन्जिलाले आफूहरु प्रतियोगिताको लागि तयार रहेको बताए ।
उनले विगतमा नेपालले साफ देखि अन्य विभिन्न प्रतियोगिता गरि धेरै फाइनल खेलपनि उपाधि जित्न नसकेको र यस पटक राम्रो गर्ने बताइन् ।
‘हामीले धेरै फाइनल खेलिसकेका छौँ । यस पटक हामी राम्रो खेल खेल्न तयार छौँ र आउने खेलमा केन्द्रित छौँ ।’ उनले भनिन् ।
समूह ए मा रहेको नेपालले सोमबार भुटानसँग पहिलो खेल खेल्दै प्रतियोगिता सुरु गर्नेछ । खेल
गोवाको मर्गाओस्थित जवाहरलाल नेहरु स्टेडियममा अपरान्ह साढे ४ बजे सुरु हुनेछ ।
यस्तै टिममा अनुभवी र नयाँ खेलाडीको मिश्रण रहेको एन्जिलाले बताइन् । ‘हाम्रो टिममा राम्रो जुनियर र अनुभी खेलाडी छौँ । राम्रो मिश्रण छ । धेरै पटक हामी फाइनल पुग्यौँ धेरै पटक हार्यौँ । यदी हामीले जित्यौँ भने नयाँ खेलाडीहरुलाई इन्स्पायर गर्नेछ, एन्जिलाले भनिन्, ‘आशा छ हाम्रो लक्ष्य ट्रफी जित्ने हो र हाम्रो बेस्ट दिनेछौँ ।’
नेपालले अहिलेसम्म ७ मध्ये ६ संस्करणको फाइनल खेलेको छ र ६ पटक नै पराजित भएको छ । पछिल्लो पटक लगातार तीन संस्करण नेपालमै आयोजना गर्दा फाइनल पुगेपनि नेपाल लगातार पराजित भएको थियो । अझ त्यसमा पछि दुई संस्करण २०२२ र २०२४ मा दशरथ रंगशालामै हुँदा नेपाल दुवै पटक बंगलादेशसँग फाइनलमा पराजित भएको थियो ।
यस्तै मुख्य प्रशिक्षक नविन न्यौपानेले टिम राम्रो सेपमा रहेको र साफको लागि तयार रहेको बताए ।
राष्ट्रिय खेलकुद परिषदले अखिल नेपाल फुटबल संघ एन्फालाई चैत ११ गते तीन महिनाको लागि निलम्बन गरेपछि साफ महिला च्याम्पियनसिपमा नेपालको सहभागिता अन्योल बनेको थियो । एन्फाले फिफालाई गुहार्दै निलम्बन खुलाउन राखेपलाई बारम्बर प्रस्ताव गरेपनि निलम्बनकै अवस्थामा महिला टोलीको प्रशिक्षण सुरु गरेको थियो ।
दुई महिना पनि नबित्दै एफाले शिक्षा खेलकुद मन्त्रिकै पहलमा निलम्बन फुकुवा गराएपछि नेपाली महिला टोलीको सहभागिता निश्चित बनेको थियो ।
तस्बीर : एन्फा
प्रतिक्रिया 4