News Summary
Generated by OK AI. Editorially reviewed.- म्यान्चेस्टर युनाइटेडले ब्राइटनलाई ३–० गोल अन्तरले पराजित गर्दै इंग्लिस प्रिमियर लिगको सिजन अन्त्य गरेको छ ।
- युनाइटेडका तर्फबाट प्याट्रिक डोर्गु, ब्रायन एमबेउमो र ब्रुनो फर्नान्डेसले १–१ गोल गरेका थिए ।
- यस जितसँगै युनाइटेड तालिकाको तेस्रो स्थानमा र ब्राइटन आठौँ स्थानमा रहँदै सिजन सकाएका छन् ।
१० जेठ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले ब्राइटनमाथि ३-० को सहज जित निकालेको छ ।
आइतबार राति भएको सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राइटनलाई उसैको मैदानमा पराजित गरेको हो । युनाइटेडको जितमा प्याट्रिक डोर्गु, ब्रायन एमबेउमो र ब्रुनो फर्नान्डेसले १-१ गोल गरे ।
खेलको ३२औं मिनेटमा डोर्गुले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ४३औं मिनेटमा एमबेउमोले गोल गर्दै अग्रता दोब्बर पारे ।
दोस्रो हाफको ४७औं मिनेटमा फर्नान्डेसले गोल गर्दै ३-० को जित पक्का गरे ।
जितपछि युनाइटेड ३८ खेलमा ३१ अंकसहित तेस्रो स्थानमा रहेर सिजन सकाएको छ । ब्राइटन भने ५३ अंकका साथ आठौं स्थानमा रह्यो ।
प्रतिक्रिया 4