+
इंग्लिस प्रिमियर लिग :

एस्टन भिल्लासँग सिटीको हार

२०८३ जेठ  १० गते २३:०४ २०८३ जेठ १० गते २३:०४
एस्टन भिल्लासँग सिटीको हार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्लिस प्रिमियर लिगको अन्तिम खेलमा एस्टन भिल्लाले म्यान्चेस्टर सिटीलाई २–१ गोलअन्तरले पराजित गरेको छ ।
  • खेलको २४औं मिनेटमा सिटीका एन्टोइन सेमेन्योले गोल गरे पनि भिल्लाका ओली वाट्किन्सले दुई गोल फर्काउँदै टोलीलाई जित दिलाए ।
  • यस हारसँगै दोस्रो स्थानको म्यान्चेस्टर सिटी ७८ अंकमा सीमित भएको छ भने भिल्ला ६५ अंकका साथ चौथो बनेको छ ।

१० जेठ, काठमाडौं । इंग्लिस प्रिमियर लिग सिजनको अन्तिम खेलमा म्यान्चेस्टर सिटीले घरेलु मैदानमै एस्टन भिल्लासँग हार बेहोरेको छ ।

आइतबार राति भएको खेलमा सिटीलाई भिल्लाले २-१ गोलअन्तरले हराएको हो । खेलमा सुरुवाती अग्रता लिएको भएपनि सिटीले जोगाउन सकेन ।

खेलको २४औं मिनेटमा एन्टोइन सेमेन्योले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा भिल्लाले २ गोल फर्कायो ।

४६औं र ६१औं मिनेटमा ओली वाट्किन्सले गोल गर्दै सिटीलाई हार चखाए ।

हारपछि दोस्रो स्थानको सिटी ३८ खेलमा ७८ अंकमा सीमित रह्यो । भिल्ला ६५ अंकका साथ चौथोमा रहेर सिजन सकायो ।

इंग्लिस प्रिमियर लिग एस्टन भिल्ला म्यान्चेस्टर सिटी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय