+

सालाहको अन्तिम खेलमा लिभरपुलको बराबरी

२०८३ जेठ  १० गते २३:१३ २०८३ जेठ १० गते २३:१३
सालाहको अन्तिम खेलमा लिभरपुलको बराबरी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इङ्ग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुल र ब्रेन्टफोर्डले १-१ गोलको बराबरी खेलेका छन् ।
  • लिभरपुलका लागि अन्तिम खेल खेलेका मोहमद सालाहले असिस्टको कीर्तिमान बराबरी गरे र प्लेयर अफ द म्याच समेत बने ।
  • लिगको अन्तिम खेलमा बराबरी गरेसँगै ६० अङ्क जोडेको लिभरपुल पाँचौं स्थानमा रहँदै च्याम्पियन्स लिगमा छनोट भएको छ ।

१० जेठ, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले ब्रेन्टफोर्डसँग १-१ गोलको बराबरी खेलेको छ ।

आइतबार राति घरेलु मैदानमा भएको खेलमा ५७औं मिनेटमा कर्टिस जोन्सको गोलमार्फत अग्रता लिएको लिभरपुलले उक्त अग्रता धेरैबेर जोगाउन सकेन ।

६३औं मिनेटमा केभिन स्केडले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि कुनै पनि टोलीबाट थप गोल हुन सकेनन् ।

इजिप्टियन फरवार्ड मोहमद सालाहको यो लिभरपुलका लागि अन्तिम खेल थियो । उनले सिजनको अन्त्यमा क्लब छाड्ने कुरा यसअघि नै सार्वजनिक भइसकेको छ ।

आफ्नो अन्तिम खेलमा सालाहले जोन्सको गोलमा असिस्ट गरे । उनले लिभरपुलका लागि सर्वाधिक असिस्ट गर्ने स्टेभेन जेरार्ड (९२) को कीर्तिमान तोडे । सालाह प्लेयर अफ द म्याच समेत भए ।

बराबरीपछि लिभरपुल ३८ खेलमा ६० अंकका साथ पाँचौं स्थानमा रहेर च्याम्पियन्स लिगमा भने स्थान सुरक्षित गर्न सफल भएको छ ।

ब्रेन्टफोर्ड भने ५३ अंकसहित नवौं स्थानमा रह्‍यो ।

इंग्लिस प्रिमियर लिग मोहमद सालाह लिभरपुल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय