News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्लिस प्रिमियर लिगको अन्तिम खेलमा सन्डरल्यान्डले चेल्सीलाई २-१ गोलअन्तरले पराजित गरेको छ ।
- खेलमा सन्डरल्यान्डका ट्राइ हुमले गोल गरे भने चेल्सीका मालो गस्टोले आत्मघाती गोल गर्दा कोल पाल्मरले एक गोल फर्काए ।
- जितपछि ५४ अंक जोडेको सन्डरल्यान्ड सातौं स्थानमा रहन सफल भयो भने ५२ अंकमा सीमित चेल्सी १०औं स्थानमा रह्यो ।
१० जेठ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा सन्डरल्यान्डले चेल्सीलाई २-१ गोलअन्तरले पराजित गरेको छ ।
आइतबार राति भएको सिजनको अन्तिम खेलमा सन्डरल्यान्डको जितमा ट्राइ हुमले एक गोल गर्दा एक गोल उपहार पाएको थियो। चेल्सीका कोल पाल्मरले एक गोल गरे ।
खेलको २४औं मिनेटमा हुमले गोल गर्दै सन्डरल्यान्डलाई अग्रता दिलाएका थिए । ४९औं मिनेटमा चेल्सीका मालो गस्टोबाट आत्मघाती गोल भएपछि सन्डरल्यान्डको अग्रता दोब्बर भयो ।
५५औं मिनेटमा पाल्मरले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेपनि पर्याप्त हुन सकेन । ६१औं मिनेटमा वेसले फोफाना रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो ।
जितपछि सन्डरल्यान्ड ३८ खेलमा ५४ अंकका साथ सातौं स्थानमा रहेर सिजन सकायो । चेल्सी ५२ अंकसहित १०औं स्थानमा रह्यो ।
प्रतिक्रिया 4