+
फिफा विश्वकप २०२६ :

हाकिमीलाई समेट्दै मोरक्कोको विश्वकप टोली घोषणा

२०८३ जेठ  १३ गते ७:४८ २०८३ जेठ १३ गते ७:४८
हाकिमीलाई समेट्दै मोरक्कोको विश्वकप टोली घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ ।
  • चोटका बाबजुद कप्तान अचरफ हाकिमी टोलीमा समावेश हुँदा पूर्व चेल्सी विंगर हाकिम जिएच भने बाहिरिएका छन् ।
  • विश्व वरियताको आठौं स्थानमा रहेको मोरक्कोले आगामी जुन १९ मा स्कटल्यान्डविरुद्ध खेल्दै विश्वकप यात्रा शुरू गर्नेछ ।

१३ जेठ, काठमाडौं । मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् ।

अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ ।

टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल खान्नुस जस्ता खेलाडी पनि छन् । पूर्व चेल्सी विंगर हाकिम जिएच भने टोलीमा परेका छैनन् ।

विश्व वरियतामा आठौं स्थानमा रहेको मोरक्को समूह ‘सी’ मा छ । मोरक्कोले समूह चरणमा स्कटल्यान्ड, ब्राजिल र हाइटीसँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो खेल जुन १९ मा स्कटल्यान्डविरुद्ध हुनेछ ।

मोरक्कोको विश्वकप टोली

गोलकिपर : यासिन बोनु, मुनिर मोहामेदी, अहमद तागनाउती

डिफेन्डर : नुसाएर मजराउई, अनास सलाह-एद्दिन, युसुफ बेलामारी, नायेफ अगुएर्द, चादी रियाद, इस्सा डियोप, रेदुआन हलहाल, अचरफ हाकिमी, जकारिया एल ओउहदी

मिडफिल्डर : समिर एल मौराबेत, अय्युब बुआद्दी, निल एल आयनाउई, सोफियान अम्राबात, अज्दिन ओउनाही, बिलाल एल खान्नुस, इस्माइल साइबारी ।

फरवार्ड : अब्देस्सामाद एजलजौली, चेम्सदिन ताल्बी, सुफियान रहिमी, अय्युब एल काबी, ब्राहिम डियाज, यासिन गेस्सिमे, अय्युब अमाइमौनी-एशघौयाबे ।

फिफा विश्वकप फिफा विश्वकप २०२६ मोरक्को फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय