+

एसियन गेम्स छनोट : मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

२०८३ जेठ  १६ गते १२:०० २०८३ जेठ १६ गते १२:००
एसियन गेम्स छनोट : मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

१६ जेठ, काठमाडौं । एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत नेपालले सेमिफाइनलमा मलेसियासँग खेल्दैछ ।

मलेसियाको बायुमास ओभलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । यो खेल जितेमा नेपाल एसियन गेम्समा छनोट हुनेछ । अर्को सेमिफाइनलमा थाइल्यान्डले चीनलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ र एसियन गेम्समा पनि छनोट भएको छ ।

नेपालले छनोट प्रतियोगिताअघि मलेसियासँग दुई टी२०आई खेल खेल्दा दुवैमा विजयी भएको थियो ।

नेपाली क्रिकेट महिला क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय