News Summary
Generated by OK AI. Editorially reviewed.- एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले मलेसियासामु जितका लागि १२७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
- टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान इन्दु बर्माको अविजित ४६ रनको मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२६ रन बनायो ।
- यस खेलमा विजयी भए नेपाल एसियन गेम्समा छनोट हुनेछ भने थाइल्यान्ड यसअघि नै फाइनल पुग्दै छनोट भइसकेको छ ।
१६ जेठ, काठमाडौं । एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत दोस्रो सेमिफाइनलमा नेपालले मलेसियालाई १२७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियाको बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १२६ रन बनाएको हो ।
कप्तान इन्दु बर्माले सर्वाधिक ४६ रन बनाएर अविजित रहिन् । कविता कुँवरले १५ बलमा ३३ रन बनाइन् । १८ ओभरमा ९२-५ को अवस्थामा रहेको नेपालले अन्तिम २ ओभरमा ३४ रन जोड्यो ।
मलेसियाका लागि विनिफ्रेड दुराइसिंगामले २ तथा आइसा एलिसा र माहिरा इजातीले १-१ विकेट लिए ।
यो खेल जितेमा नेपाल एसियन गेम्समा छनोट हुनेछ । अर्को सेमिफाइनलमा थाइल्यान्डले चीनलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ र एसियन गेम्समा पनि छनोट भएको छ ।
नेपाल पराजित भएमा पनि तेस्रो स्थानका लागि हुने खेलमा चीनलाई हराएमा एसियन गेम्समा पुग्न सक्छ ।
प्रतिक्रिया 4