+

साफ महिला च्याम्पियनसिप : नेपालले सेमिफाइनलमा बंगलादेशसँग खेल्ने

२०८३ जेठ  १७ गते २१:४३ २०८३ जेठ १७ गते २१:४३
साफ महिला च्याम्पियनसिप : नेपालले सेमिफाइनलमा बंगलादेशसँग खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले साविक विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
  • समूह 'बी' को अन्तिम खेलमा भारतले बंगलादेशलाई ३-० ले पराजित गरेपछि प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो ।
  • पछिल्ला दुई संस्करणको फाइनलमा बंगलादेशसँग पराजित भएको नेपाललाई यसपटक सेमिफाइनलमै बदला लिने अवसर जुरेको छ ।

१७ जेठ, काठमाडौँ । भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले साविक विजेता बंगलादेशसँग खेल्ने भएको छ ।

समूह बी को अन्तिम खेलमा घरेलु टोली भारतले बंगलादेशलाई ३-० ले पराजित गरेपछि सेमिफाइनल समिकरण पनि टुङ्गो लागेको हो । नेपाल समूह ए को विजेता बन्दा बंगलादेश समूह बी को उपविजेता बन्यो ।

पछिल्लो दुई संस्करणको फाइनलमा बंगलादेशले उपाधि जित्दा नेपाललाई नै पराजित गरेको थियो । यस पटक सेमिफाइनलमै यी दुई टोली भेट हुँदा नेपाललाई बदला लिने अवसर छ ।

सन् २०२२ र २०२४ मा काठमाडौंमै भएको साफ महिला च्याम्पियनसिपमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित हुँदा उपाधि जित्नबाट बन्चित भएको थियो ।

यस्तै अर्को सेमिफाइनलमा भारतले भुटानसँग खेल्नेछ ।

समूह ए बाट यसअघि नेपाल समूह विजेता र भुटान समूह उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरिसकेको छ ।

समूह बी बाट घरेलु टोली भारत समूह विजेता र बंगलादेश समूह उपविजेताको रुपमा सेमिफाइनल पुगेका हुन् ।

सेमिफाइनल खेलहरु मंगलबार हुनेछ ।

साफ महिला च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय