News Summary
Generated by OK AI. Editorially reviewed.- क्यानडाका २२ वर्षीय मिडफिल्डर मार्सेलो फ्लोरेसले घुँडाको गम्भीर चोटका कारण फिफा विश्वकप २०२६ गुमाउने भएका छन् ।
- मेक्सिकन क्लब टिग्रेसका अनुसार गत शनिबार कन्काकाफ च्याम्पियन्स कपको फाइनल खेल्ने क्रममा उनको दाहिने घुँडाको एसीएल च्यातिएको हो ।
- क्यानडाले फिफा विश्वकप २०२६ अन्तर्गत आगामी जुन १२ मा बोस्निया र हर्जेगोभिना विरुद्ध आफ्नो पहिलो खेल खेल्नेछ ।
१८ जेठ, काठमाडौं । सह–आयोजक क्यानडालाई फिफा विश्वकप २०२६ अघि ठूलो झट्का लागेको छ । मिडफिल्डर मार्सेलो फ्लोरेसले घुँडाको गम्भीर चोटका कारण विश्वकप गुमाउने भएका छन् ।
२२ वर्षीय फ्लोरेस गत शनिबार कन्काकाफ च्याम्पियन्स कपको फाइनलमा खेल्ने क्रममा घाइते भएका थिए । मेक्सिकन क्लब टिग्रेसका अनुसार उनको दाहिने घुँडाको एसीएल (एन्टेरियर क्रुसिएट लिगामेन्ट) च्यातिएको छ र छिट्टै शल्यक्रिया गरिनेछ ।
सामाजिक सञ्जालमार्फत फ्लोरेसले समर्थकहरूको शुभेच्छाप्रति धन्यवाद व्यक्त गर्दै आफू अझ बलियो भएर फर्किने बताएका छन् ।
क्यानडाका लागि खेल्न फिफाको अनुमति पाएपछि फेब्रुअरीमा उनको राष्ट्रियता परिवर्तन प्रक्रिया पूरा भएको थियो । ओन्टारियोमा जन्मिएका फ्लोरेसले यसअघि मेक्सिकोको सिनियर टोलीबाट तीन खेल खेलेका थिए ।
क्यानडाले विश्वकपमा जुन १२ मा बोस्निया र हर्जेगोभिना विरुद्ध पहिलो खेल खेल्नेछ। त्यसपछि समूह ‘बी’ मा कतार र स्विट्जरल्यान्ड सँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया 4