News Summary
Generated by OK AI. Editorially reviewed.- टिम रिम फिफा विश्वकप २०२६ का लागि अमेरिकाको कप्तान नियुक्त भएका छन् ।
- कप्तानीको जिम्मेवारी पाएपछि आफू भावुक भएको डिफेन्डर रिमले बताए ।
- अमेरिकाका लागि ८० अन्तर्राष्ट्रिय खेल खेलेका रिम विश्वकप इतिहासमै सबैभन्दा पाका अमेरिकी खेलाडी बन्नेछन् ।
१८ जेठ, काठमाडौं । टिम रिम आगामी फिफा विश्वकप २०२६ मा अमेरिका का कप्तान हुने भएका छन् ।
अमेरिकाका मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोले ३८ वर्षीय डिफेन्डर रिमलाई कप्तान नियुक्त गरेका हुन् । कप्तानीको जिम्मेवारी पाएको थाहा पाएपछि आफू भावुक भएको रिमले बताएका छन् ।
रिम विश्वकप खेल्ने अमेरिकाका सबैभन्दा पाका खेलाडी बन्ने सम्भावना छ । जुन १२ मा पाराग्वेविरुद्ध हुने अमेरिकाको पहिलो खेलका दिन उनको उमेर ३८ वर्ष २५० दिन पुग्नेछ ।
टायलर एडम्सले कप्तानी नपाए पनि टोलीमा नेतृत्वदायी भूमिका निभाइरहने बताएका छन् । उनले कप्तानीको आर्मब्यान्ड लगाउनु सम्मानको विषय भए पनि आफू जहिल्यै टोलीका नेता रहने बताएका छन् ।
रिमले अमेरिकाका लागि ८० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । उनी हाल टोलीमा रहेका खेलाडीमध्ये क्रिस्टियन पुलिसिकपछि दोस्रो धेरै खेल खेल्ने फुटबलर हुन् । पोचेटिनोले रिमलाई मैदानभित्र मात्र होइन, मैदान बाहिर पनि उत्कृष्ट लिडर रहेको बताएका छन् ।
सन् २०१० मा व्यावसायिक फुटबल यात्रा सुरु गरेका रिमले अमेरिकाको घरेलु लिग र इङ्ल्यान्डमा लामो समय खेलेका थिए । हाल उनी अमेरिकी क्लब शार्लोट एफसीबाट खेलिरहेका छन् ।
प्रतिक्रिया 4