News Summary
Generated by OK AI. Editorially reviewed.- स्पेनका १८ वर्षीय स्टार लामिन यामालले बार्सिलोनाबाट खेल्ने क्रममा चोट लागेपछि विश्वकप गुम्ने डर लागेको खुलासा गरेका छन् ।
- स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेले यामाल विश्वकपको पहिलो वा दोस्रो खेलसम्म फिट हुने अपेक्षा गरेका छन् ।
- युरोपियन च्याम्पियन स्पेनले जुन १५ मा केप भर्डे विरुद्ध खेल्दै विश्वकपको यात्रा शुरू गर्नेछ ।
१८ जेठ, काठमाडौं । स्पेनका युवा स्टार लामिन यामालले चोटका कारण विश्वकप गुम्ने डर लागेको खुलासा गरेका छन् ।
१८ वर्षीय यमाल गत अप्रिल २२ मा बार्सिलोनाबाट खेल्ने क्रममा ह्यामस्ट्रिङमा चोट बोकेका थिए । पेनाल्टी गोल गरेलगत्तै उनी मैदानमा लडेका थिए र चोट गम्भीर हुन सक्ने आशंका गरिएको थियो ।
यमालले चोट लागेपछि विश्वकप खेल्न नपाउने हो कि भन्ने डर लागेको बताएका छन् । उनले चोट गम्भीर नभइ सामान्य समस्या मात्र होस् भनेर प्रार्थना गरेको पनि खुलासा गरेका छन् ।
यद्यपी, स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टे ले यामाल विश्वकपको पहिलो वा दोस्रो खेलसम्म फिट हुने अपेक्षा गरेका छन् ।
युरोपियन च्याम्पियन स्पेनले विश्वकपमा जुन १५ मा केप भर्डे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि जुन २१ मा साउदी अरेबिया र जुन २६ मा उरुग्वे सँग प्रतिस्पर्धा गर्नेछ ।
सन् २०१० मा पहिलो पटक विश्वकप जितेको स्पेनलाई यसपटक उपाधिको दाबेदार मानिएको छ । यमालले युरोपियन च्याम्पियनको हैसियतमा टोलीले विश्वकपमा आफ्नो शतप्रतिशत दिने बताएका छन् ।
प्रतिक्रिया 4