+
+
Shares
बक्सअफिस :

‘मितज्यू’ को कमाइ करोड नाघ्दा ‘काजी’ को कति छ ?

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १४:२७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ८ जेठमा प्रदर्शनमा आएको अभिनेत्री टेरिया मगरको डेब्यू चलचित्र ‘मितज्यू’ले ९ दिनमा १ करोड २० लाख ५९ हजार ८२ रुपैयाँ ग्रस कमाएको छ ।
  • सोही दिन प्रदर्शन भएको विपिन कार्की र केकी अधिकारी अभिनित चलचित्र ‘काजी’ले शनिबारसम्म ४० लाख ८८ हजार १७५ रुपैयाँ मात्र संकलन गरेको छ ।
  • चलचित्र विकास बोर्डले सोमबार गत साताको बक्सअफिस विवरण सार्वजनिक गरेको छ ।

काठमाडौं । टेरिया मगरको डेब्यू फिल्म ‘मितज्यू’ ले घरेलु बक्सअफिसमा सुखद कमाइ गरेको छ । प्रदर्शनको नवौं दिन शनिबारसम्म यसको देशब्यापी कमाइ १ करोड २० लाख ५९ हजार ८२ रुपैयाँ ग्रस छ ।

सोही अवधिसम्म यो फिल्मलाई ४१ हजार २४८ जनाले हेरेका छन् । यो फिल्म ८ जेठमा रिलिज भएको थियो ।

सोही दिनमा रिलिज भएको अर्को फिल्म ‘काजी’को कमाइ भने न्यून देखिएको छ । शनिबारसम्म विपिन कार्की र केकी अधिकारी स्टारर फिल्मले ४० लाख ८८ हजार १७५ रुपैयाँ ग्रस कमाएको छ ।

सोही अवधिसम्म यो फिल्मलाई १३ हजार ७ जनाले हेरेका छन् । चलचित्र विकास बोर्डले सोमबार गतसाताको बक्सअफिस विवरण सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?