News Summary
Generated by OK AI. Editorially reviewed.- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीका ईश्वरीप्रसाद गौतम विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
- ऋण प्रवाहमा ५० लाख रुपैयाँ घुस लिएको मुद्दासँग सम्बन्धित साक्षी गौतमले अदालतमा प्रतिकूल बयान दिएका थिए ।
- आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार गलत बयान दिने गौतमलाई कानून बमोजिम कारबाही गर्न माग गरिएको छ ।
१९ जेठ, काठमाडौं । भ्रष्टाचारसम्बन्धी एक मुद्दामा प्रतिकूल बयान दिएको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नवलपरासी त्रिवेणी गाउँपालिका–७ का ईश्वरीप्रसाद गौतम विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
ऋण उपलब्ध गराएवापत सेवाग्राहीसँग ५० लाख रुपैयाँ घुस लिएको अभियोगमा चन्द्रबहादुर अधिकारीको विरुद्धको मुद्दा विशेष अदालतमा सुनुवाइका क्रममा छ । सोही मुद्दामा साक्षीका रूपमा उपलब्ध गराइएका गौतमले प्रतिकूल बयान दिएको आयोगको दाबी छ ।
आयोगले गलत बयान दिएका गौतम विरुद्ध कसुर बमोजिम कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4