+
+
Shares

एक सातामा सुनको भाउ प्रतितोला २० हजार ८ सय बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते ११:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बजेटमा भन्सार दर बढाएपछि नेपाली बजारमा सुनको भाउ एक सातामा प्रतितोला २० हजार ८ सय रुपैयाँ बढेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँ तोकेको छ ।
  • चाँदीको मूल्य भने बुधबार तोलामा ३५ रुपैयाँ घटेर ५ हजार ३ सय ७० रुपैयाँ कायम भएको छ ।

२० जेठ, काठमाडौं । एक सातामा नेपाली बजारमा सुनको भाउ तोलामा २० हजार ८ सय रुपैयाँ बढेको छ ।

आज बुधबार अघिल्लो दिनको तुलनामा मूल्य स्थिर रहे पनि गत बुधबारको तुलनामा २० हजार ८ सय बढेको हो । महासंघले आज ३ लाख ११ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन पनि यहीं मूल्यमा कारोबार भएको थियो । गत बुधबार २ लाख ९० हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

महासंघले आजका लागि सुनको भाउ प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँ तोकेको छ । बजेटले सुनको भन्सार दर १० प्रतिशतबाट २० प्रतिशत पुर्‍याएपछि त्यसलाई आइतबार समायोजन गर्दा मूल्य एकैदिन २० हजार ५ सय रुपैयाँ बढेको थियो । त्यसैले यो साता मूल्य उच्च दरमा बढेको देखिएको हो ।

आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ५ हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ३७० रुपैयाँ कायम भएको छ । एक सातामा चाँदी पनि २९० रुपैयाँ बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?