News Summary
Generated by OK AI. Editorially reviewed.- सिद्धार्थ बैंकको आर्थिक सहयोगमा रुकुम पश्चिमको सानीभेरीमा पुनःनिर्माण गरिएको जनप्रिय आधारभूत विद्यालयको भवन विद्यालय प्रशासनलाई हस्तान्तरण गरिएको छ ।
- वि.सं. २०८० कात्तिक १७ गतेको भूकम्पबाट क्षतिग्रस्त उक्त विद्यालय भवन सुलभ शौचालयसहित पुनःनिर्माण सम्पन्न भएपछि उद्घाटन गरिएको हो ।
- बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले नवनिर्मित भवन विद्यालयका प्रधानाध्यापक हंसबहादुर खड्कालाई हस्तान्तरण गरे ।
२० जेठ, रुकुम । सिद्धार्थ बैंकको आर्थिक सहयोगमा निर्माण सम्पन्न भई रुकुम पश्चिम, सानीभेरी गाउँपालिका वडा नम्बर १ को भण्डारवनस्थित जनप्रिय आधारभूत विद्यालय भवन हस्तान्तरण भएको छ ।
सुलभ पहुँचयुक्त शौचालय सहित निर्माण भएको भवनको समुद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
वि.सं. २०८० कात्तिक १७ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त उक्त विद्यालयको भवनको पुनर्निर्माण कार्य अहिले सम्पन्न भएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले भवनको समुद्घाटन गरी विद्यालयका प्रधानाध्यापक हंसबहादुर खड्काज्यूलाई औपचारिक रूपमा हस्तान्तरण गरे ।

विद्यालय प्राङ्गढमा आयोजित उक्त कार्यक्रममा बैंकका प्रमुख मार्केटिङ अधिकृत सुरेशराज महर्जन, कर्पोरेट बैंकिङ प्रमुख प्रशन्न खड्का, लघु साना तथा मझौला उद्यम बैंकिङ प्रमुख प्रदिप पन्त, मुसिकोट शाखा प्रबन्धक धर्मनन्द अवस्थी, सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्ख बहादुर विष्ट, उपाध्यक्ष कमला रोका पुन, सानीभेरी गाउँपालिका वडा नं. १ का अध्यक्ष टेक बहादुर पुन, विद्यालय व्यवस्थापन समिति अध्यक्ष गगन बहादुर खड्का, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत बस्यालले विद्यालय भवन निर्माण केवल भौतिक संरचना निर्माणमा सीमित नभई भूकम्पपछिको पुनःस्थापना, बालबालिकाको सुरक्षित भविष्यप्रतिको प्रतिबद्धता तथा गुणस्तरीय शिक्षा मार्फत समाज रूपान्तरण गर्ने साझा संकल्पको प्रतीक भएको बताए ।
प्रतिक्रिया 4