+
+
Shares

वैदेशिक रोजगार विभागले माग्यो केयर गिभर तालिम लिएका व्यक्तिहरूको विवरण

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते १९:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वैदेशिक रोजगार विभागले केयरगिभरको तालिम लिएका व्यक्तिहरूको विवरण ३ दिनभित्र उपलब्ध गराउन तालिम प्रदायक संस्थाहरूलाई निर्देशन दिएको छ ।
  • विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा २,३०० नेपाली सहायक कामदार पठाउन १७ जेठदेखि ७ असारसम्मका लागि आवेदन खुलाएको छ ।
  • विगतमा नक्कली प्रमाणपत्र पेस गरी आवेदन दिने समस्या देखिएकाले विभागले यसपटक पहिल्यै विवरण रुजु गर्न लागेको हो ।

२० जेठ, काठमाडौं । वैदेशिक रोजगार विभागले केयरगिभरको तालिम लिएका व्यक्तिहरूको विवरण माग गरेको छ ।

विभागले केयरगिभर तालिम प्रदायक संस्थाहरूसँग सुरुदेखि हालसम्म तालिम लिएका व्यक्तिहरूको विवरण ३ दिनभित्र उपलब्ध गराउन भनेको हो । विभाग, सीटीईभीटी, एनएभीटीमा दर्ता भएका तालिम प्रदायक संस्थासँग प्रारम्भदेखि हालसम्म केयरगिभर तालिम लिएका प्रशिक्षार्थीहरूको विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ ।

विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा नेपाली सहायक कामदारका लागि २ हजार ३ सय कोटामा आवेदन आह्वान गरेको छ । सोही प्रयोजनका लागि विभागले तालिम प्रदायक संस्थाहरूमा हालसम्म तालिम लिएका व्यक्तिहरूको विवरण माग गरेको हो ।

यसअघि २०८१ असार ११ गते केयर गिभरका लागि दोस्रो चरणको विज्ञापन खुलेको थियो । २ हजार जनाका लागि आवेदन माग गरिएको थियो । त्यतिबेला कतिपय केयरगिभर तालिम प्रदायक संस्थाहरूले तालिम नदिई प्रमाणपत्र मात्रै प्रदान गरेको पाइएको थियो । त्यसपछि विभागले छानबिन गरेर नक्कली प्रमाणपत्रहरूवालाहरूको आवेदन रद्द गरेको थियो ।

विगतमा जस्तो नक्कली प्रमाणपत्र लिएर आवेदन दिने समस्या नदोहोरियोस् भनेर विभागले सुरुदेखि नै हालसम्म तालिम प्रदान गरेकाहरूको विवरण माग गरेको हो ।

विभागले जेठ १७ गतेदेखि असार ७ गतेसम्मको समयावधि तोकेर आवेदन आह्वान गरेको छ । हाल आवेदनको प्रक्रिया जारी रहेको र आवेदनको मिति सकिएपछि रूजु तथा छनोटको प्रक्रिया अघि बढ्ने विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?