News Summary
Generated by OK AI. Editorially reviewed.- एसीसी महिला प्रिमियर कपको दोस्रो खेलमा नेपालले भुटानलाई ११४ रनको लक्ष्य दिएको छ ।
- मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ११३ रन बनाएको हो ।
- नेपालका लागि सीता रानामगरले सर्वाधिक ३७ रन बनाइन् भने भुटानका सोनाम र छिरिङ जाङ्ग्मोले ३-३ विकेट लिए ।
२१ जेठ, काठमाडौं । एसीसी महिला प्रिमियर कप अन्तर्गत दोस्रो खेलमा नेपालले भुटानलाई ११४ रनको लक्ष्य दिएको छ ।
मलेसियाको क्वालालम्पुरस्थित कोलेज तुएन्कु जाफेर ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै १० विकेट गुमाएर ११३ रन बनाएको हो ।
नेपालका लागि सीता राना मगरले सर्वाधिक ३७ तथा रुबिना क्षेत्रीले २४ रन जोडिन् । ६७-७ को अवस्थामा रहेको नेपालको लागि सीता र रुबिनाले ४० रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए ।
सोनी पाख्रिनले १३ र सम्झना खड्काले १० रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
भुटानका लागि सोनाम र छिरिङ जाङ्ग्मोले ३-३ तथा अन्जु गुरुङले २ विकेट लिए ।
प्रतिक्रिया 4