+
+
Shares

कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

भन्सार छलि गरेको आशंकामा जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट बुधबार राति सशस्त्र प्रहरी बलले ती गाडीहरु नियन्त्रणमा लिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते १०:१२

२१ जेठ, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले मुस्ता कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ ।

भन्सार छलि गरेको आशंकामा जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट बुधबार राति सशस्त्र प्रहरी बलले ती गाडीहरु नियन्त्रणमा लिएको  सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

गाडी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका गण पर्वत, नं. २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

यसैगरी नुवाकोटको पासाङल्हामु सडकखण्डबाट समेत २ वटा गाडी नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका सबै गाडीहरु आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाइने सशस्त्रले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?