+
+
Shares

सुनचाँदीको भाउ सामान्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते १२:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला २०० रुपैयाँ घटेर ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ ।
  • चाँदीको भाउ पनि तोलामा ८५ रुपैयाँ घटेर प्रतितोला ५ हजार २८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
  • बजेटमार्फत सुनको भन्सार दर १० बाट २० प्रतिशत पुर्‍याएपछि मूल्यमा प्रतितोला करिब २० हजार रुपैयाँ थपिएको महासंघले जनाएको छ ।

२१ जेठ, काठमाडौं । बिहीबार सुनचाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँ घटेको छ ।

अघिल्लो दिन ३ लाख ११ हजार ३ सय रुपैयाँ रहेको सुनको भाउ आज ३ लाख ११ हजार १ सय रुपैयाँ छ । गत बिहीबार २ लाख ८५ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आइतबार बजेटले भन्सार दर १० बाट २० प्रतिशत पुर्‍याएपछि सुनको मूल्य अकस्मात वृद्धि भएको हो । भन्सार दरकै कारण प्रतितोला करिब २० हजार रुपैयाँ मूल्य थपिएको महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको भाउ तोलामा ८५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा ५ हजार ३७० रुपैयाँ रहेको चाँदी आज ५ हजार २८५ रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?