+
+
Shares

तोलामा २ हजार १ सय रुपैयाँ घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते ११:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला २ हजार १ सय रुपैयाँले घटेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ ।
  • चाँदीको भाउ पनि प्रतितोला ५५ रुपैयाँले घटेर शुक्रबार ५ हजार २३० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
  • बजेटले भन्सार दर १० बाट २० प्रतिशत पुर्‍याएपछि सुनको मूल्यमा अकस्मात वृद्धि भएको थियो ।

२२ जेठ, काठमाडौं । शुक्रबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ हजार १ सय रुपैयाँ घटेको छ ।

अघिल्लो दिन ३ लाख ११ हजार १ सय रुपैयाँ रहेको सुनको भाउ आज ३ लाख ९ हजार रुपैयाँ छ । गत शुक्रबार २ लाख ९० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आइतबार बजेटले भन्सार दर १० बाट २० प्रतिशत पुर्‍याएपछि सुनको मूल्य अकस्मात वृद्धि भएको हो । भन्सार दरकै कारण प्रतितोला करिब २० हजार रुपैयाँ मूल्य थपिएको महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको भाउ आज तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा ५ हजार २८५ रुपैयाँ रहेको चाँदी आज ५ हजार २३० रुपैयाँमा झरेको छ । गत शुक्रबार चाँदीको भाउ प्रतितोला ५ हजार ४० रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?