+
+
Shares

अधिवेशन विवाद : रास्वपा धनुषा कार्यालयमा तालाबन्दी

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते १७:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टी धनुषाको नगर अधिवेशन विवादका कारण असन्तुष्ट कार्यकर्ताहरूले जनकपुरधामस्थित जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।
  • गणेशमान चारनाथ नगरपालिकामा दुई पक्षले छुट्टाछुट्टै अधिवेशन गरेपछि उत्पन्न विवाद समाधान गर्न केन्द्रीय नेतृत्वसमक्ष माग गरिएको छ ।
  • नगर सभापति राकेश यादवले विवादित अधिवेशनहरू खारेज गरी नयाँ मितिमा निष्पक्ष रूपमा पुनः अधिवेशन गराउन माग गर्नुभएको छ ।

२२ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषामा नगर अधिवेशनको विषयलाई लिएर उत्पन्न आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।

गणेशमान चारनाथ नगरपालिकाको नगर अधिवेशनका क्रममा देखिएको विवाद समाधान नभएको भन्दै असन्तुष्ट कार्यकर्ताहरूले जनकपुरधामस्थित जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।

पार्टी नेतृत्वले निर्वाचन आयोगको निर्देशन र आम कार्यकर्ताको भावना विपरित विवादित समितिलाई आधिकारिकता दिन खोजेको असन्तुष्ट पक्षको आरोप छ ।

गणेशमान चारनाथ नगरपालिकामा दुई पक्षले छुट्टाछुट्टै नगर अधिवेशन गरेपछि विवादले उग्र रूप लिएको हो । नगर सभापति राकेश यादवले दुवै पक्षद्वारा गरिएका अधिवेशनहरू खारेज गरी नयाँ मिति तय गरेर निष्पक्ष रूपमा पुन: अधिवेशन गराउनुपर्ने माग राखेका छन् ।

असन्तुष्ट पक्षकाअनुसार निर्वाचन आयोगले २०८१ जेठ १९ गते अर्को सूचना नआएसम्मका लागि अधिवेशन स्थगित गर्न निर्देशन दिएको थियो । तर, उक्त निर्देशनको अवज्ञा गर्दै प्रतिक नेपाल पक्षले एकलौटी रूपमा अधिवेशन अगाडि बढाएको उनीहरूको दाबी छ ।

तालाबन्दीमा उत्रिएका कार्यकर्ताहरूले पार्टीभित्र गुट–उपगुट सिर्जना भएको भन्दै केन्द्रिय नेतृत्वले तत्काल हस्तक्षेप गर्नुपर्ने बताएका छन् । उनीहरूले विवादको उचित समाधान नखोजिएसम्म आन्दोलनका कार्यक्रमहरूलाई थप सशक्त बनाउने चेतावनी समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?