News Summary
Generated by OK AI. Editorially reviewed.- ग्रीस र जापान पठाइदिन्छु भन्दै वैदेशिक रोजगारीका नाममा ठगी गरेको अभियोगमा प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ ।
- पक्राउ परेका लक्ष्मी थापा कार्कीले ग्रीस पठाइदिने भन्दै ११ लाख ५० हजार र प्रिया बानियाँले जापान पठाइदिने भन्दै २ लाख रुपैयाँ ठगी गरेका थिए ।
- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।
२३ जेठ, काठमाडौं । आर्कषक सेवा सुविधाको प्रलोभन देखाइ ग्रीस र जापान पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको अभियोगमा २ जनालाई काठमाडौँबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका ३ बस्ने लक्ष्मी थापा कार्की र बुढानिलकण्ठ–८ बस्ने प्रिया बानियाँ रहेका छन् । पक्राउमध्ये लक्ष्मीले ग्रीस पठाइदिन्छु भन्दै एकजनासँग रु ११ लाख ५० हजार लिएको पाइएको छ ।
यस्तै, प्रियाले जापान पठाइदिन्छु भन्दै एक पीडितबाट रु दुई लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले खोज तलास गरेको थियो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया 4