+
+
Shares

एकैदिन तोलामा ८ हजार २ सय रुपैयाँ घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २४ गते ११:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २१ जेठ आइतबार सुनको भाउ प्रतितोला ८ हजार २ सय रुपैयाँले घटेको छ ।
  • अघिल्लो दिन प्रतितोला ३ लाख ९ हजार रुपैयाँ रहेको सुनको मूल्य घटेर आज ३ लाख ८ सय रुपैयाँ कायम भएको छ ।
  • चाँदीको भाउ पनि तोलामा ३३५ रुपैयाँले घटेर आज प्रतितोला ४ हजार ८९५ रुपैयाँ कायम भएको छ ।

२४ जेठ, काठमाडौं । आइतबार सुनचाँदीको भाउ उच्च दरले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ८ हजार २ सय रुपैयाँ घटेको छ ।

अघिल्लो दिन ३ लाख ९ हजार रुपैयाँ रहेको सुनको भाउ आज ३ लाख ८ सय रुपैयाँमा झरेको छ । गत आइतबार ३ लाख ११ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ आज तोलामा ३३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा ५ हजार २३० रुपैयाँ रहेको चाँदी आज ४ हजार ८९५ रुपैयाँमा झरेको छ । गत आइतबार चाँदीको भाउ प्रतितोला ५ हजार ३४५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?