News Summary
Generated by OK AI. Editorially reviewed.- दोस्रो तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि ब्वाइजतर्फ मार्वलस र गल्र्सतर्फ भ्याली पब्लिकले जितेका छन् ।
- ब्वाइजतर्फको फाइनल खेलमा मार्वलसले गोल्डेनपिकलाई ५३–४२ र गल्र्सतर्फ भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमीलाई ३२–२९ ले पराजित गरे ।
- प्रतियोगितामा ब्वाइजतर्फ मार्वलसका रोशन कुश्वाह र गल्र्सतर्फ भ्याली पब्लिककी दृश्य गुरुङ 'मोस्ट भ्यालुएबल प्लेयर' घोषित भए ।
२४ जेठ, काठमाडौं । मार्वलस र भ्याली पब्लिकले दोश्रो तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । मार्वलस ब्वाइजमा तथा भ्याली पब्लिक गल्र्समा च्याम्पियन बने । दुवै नयाँ च्याम्पियन हुन् । दुवैले पहिलो सहभागितामै उपाधि जिते ।
तार्केश्वर नगरपालिकाको थापा गाउँस्थित आयोजक तेजेस्वी एकेडेमीको कोर्टमा भएको ब्वाइज फाइनलमा मार्वलसले गोल्डेनपिकलाई ५३–४२ ले पराजित ग¥यो । मार्वलसका सिनेप शाहीले १७ अंक जोडे । न्युटन तेश्रो भयो ।
गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३२–२९ ले हरायो । भ्याली पब्लिककी दृष्य गुरुङले १७ स्कोर गरिन् । फेरिल्यान्ड तेश्रो बन्यो ।
ब्वाइजमा मार्वलसका रोशन कुश्वाह तथा गल्र्समा भ्याली पब्लिककी दृष्य गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा न्युटनका मिक्सन तामाङ तथा गल्र्समा फेरिल्यान्डकी खुश्बु मगर उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । ब्वाइजमा गोल्डेनपिकका सुशिल गिरी तथा गल्र्समा इबीएकी मेणुका मगर प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।
ब्वाइजमा अरुणी एकेडेमी तथा गल्र्समा केजीएस अनुशासित टिम बने । ब्वाइजमा ज्ञान संस्कार इन्टरनेसनल स्कुल तथा गल्र्समा केएमसी स्क्ल उदीयमान टिम बने ।
विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, तेजस्वीका प्रिन्सिपल थिरबहादुर बस्नेत र भाइस प्रिन्सिपल विश्व पाण्डेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सोही अवसरमा तेजस्वीबाट एसइइमा ४ जिपीए ल्याउने रोजन श्रेष्ठ र अर्पण गुरुङलाई प्रोत्साहन स्वरुप ल्यापटप प्रदान गरिएको थियो । तेजस्वीबाट एसइइमा शत प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । विद्यार्थी र शिक्षक/शिक्षिकालाई पनि नगद पुरस्कारसहित मायाको चिनोबाट सम्मान गरिएको थियो ।
जेठ १३ गतेदेखि सुरु भएको प्रतियोगिताको ब्वाइजमा ३१ तथा गल्र्समा १७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको तेजस्वीका बास्केटबल प्रशिक्षक दिपेश कार्कीले जनाएका छन् ।
प्रतिक्रिया 4