0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

संसद्‍मा एमालेको अडान : प्रधानमन्त्रीले क्षमा माग्नैपर्छ

नेकपा एमालेले सीमा विवादबारे प्रधानमन्त्री बालेनले दिएको अभिव्यक्तिमा क्षमा माग्नैपर्ने अडान राखेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते १३:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले सीमा विवादबारे प्रधानमन्त्री बालेनले दिएको अभिव्यक्तिप्रति संसदमा क्षमा माग्नुपर्ने अडान राखेको छ ।
  • एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले कूटनीतिक मर्यादा उल्लंघन भएको भन्दै प्रधानमन्त्रीबाट भुल सुधार र क्षमा याचनाको माग गरिन् ।
  • प्रधानमन्त्रीले १७ जेठको प्रतिनिधिसभा बैठकमा भारतले मात्र नभई नेपालले पनि भारतीय जग्गा मिचेको अभिव्यक्ति दिएका थिए ।

२५ जेठ, काठमाडौं । नेकपा एमालेले सीमा विवादबारे प्रधानमन्त्री बालेनले दिएको अभिव्यक्तिमा क्षमा माग्नैपर्ने अडान राखेको छ ।

सोमबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विरोध स्वरूप विपक्षी दलहरू उठे । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले एमालेका संसदीय दलका उपनेता पद्मा अर्याललाई बोल्न समय दिए ।

‘कूटनीतिक मर्यादा र पदीय लजिम्मेवारी उल्लंघन गर्दै अभिव्यक्ति दिनुभयो,’ उपनेता अर्यालले भनिन्, ‘प्रधानमन्त्रीबाट भुल सुधार गरियोस् । क्षमा याचना गरियोस् ।’

१७ जेठमा प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल–भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए ।

त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’

यस्तो अभिव्यक्तिउपर एमालेले क्षमा माग्नुपर्ने अन्यथा सदनमा अवरोध गर्ने अडान राखेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?