News Summary
Generated by OK AI. Editorially reviewed.- सिटिजन्स बैंकले विश्व वातावरण दिवसको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशभर १५०० बिरुवा रोपेको छ ।
- बुढानीलकण्ठस्थित चौकीडाँडा पार्कमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको सहभागिता थियो ।
- बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न बैंकले देशका विभिन्न छ प्रदेशमा समेत वृक्षारोपण गरेको छ ।
२५ जेठ, काठमाडौं । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट एक्सन’ लाई आत्मसाथ गर्दै सिटिजन्स बैंकले वृहत् वृक्षारोपण कार्यक्रम गरेको छ ।
बढ्दो जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जगेर्ना तथा प्रवद्र्धन गर्ने हेतुले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेठ २३ गते शनिबार चौकीडाँडा पर्यटकीय पार्क बुढानीलकण्ठमा वृक्षारोपण गरेको छ ।
विश्व वातावरण दिवसको अवसरमा चौकीडाँडा पर्यटकीय पार्क वडा नम्बर १ मा करिव २५० विभिन्न प्रजातिका विरुवाहरु रोपिएको बैंकले जनाएको छ । बैंकका अनुसार देशव्यापी रूपमा वृक्षारोपण गरिएको छ ।
कोशी प्रदेशमा २०० वटा, मधेशमा २५०, गण्डकीमा २००, लुम्बिनीमा २००, कर्णालीमा २०० वटा र सुदूरपश्चिममा २०० वटा गरी कुल १५०० वृक्ष रोपिएको बैंकले जनाएको छ । यस कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, बुढानीलकण्ठ– १ का अध्यक्ष सुरेन्द्र लामा तथा बैंकका कर्मचारीको सहभागिता थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले हाल रोपिएका प्रत्येक बिरुवाले भोलिका पुस्तालाई स्वच्छ हावा, सुरक्षित वातावरण र स्वस्थ जीवन प्रदान गर्ने विश्वास व्यक्त गरे ।
सिटिजन्स बैंक इन्टरनेसनलले वित्तीय सेवा प्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिँदै आएको छ । बैंक अफ द इयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल बैंकले यसअघि फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।
प्रतिक्रिया 4