News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल बास्केटबल संघ र चिनियाँ खेलकुद सामग्री उत्पादक कम्पनी लिनिङबीचको प्रायोजन सम्झौता थप ४ वर्षका लागि नवीकरण भएको छ ।
- सम्झौताअनुसार लिनिङले नेपालका राष्ट्रिय महिला, पुरुष तथा यू-१८ बास्केटबल टोलीलाई आवश्यक सम्पूर्ण खेल सामग्री उपलब्ध गराउनेछ ।
- सम्झौता नवीकरणसँगै राष्ट्रिय टोलीका कप्तानहरूले नेपाली राष्ट्रिय बास्केटबल टोलीको नयाँ जर्सी समेत सार्वजनिक गरेका छन् ।
२८ जेठ, काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा) ले चिनियाँ स्पोर्ट्स सामाग्री उत्पादनक कम्पनी लिनिङसँगको सम्झौतालाई नवीकरण गरेको छ ।
नेबाले बिहीबार लि-निङ नेपालको आधिकारिक विक्रेता चाइना ट्रेडिङ कम्पनी (सिटिसी)बीच प्रायोजन सम्झौता नविकरण गरेको हो ।
दुई पक्षबीच सन् २०२२ मा चार वर्षको लागि सम्झौता भएको थियो । त्यो सम्झौतालाई निरन्तरता दिँदै थप चार वर्षका लागि सम्झौता नविकरण भएको नेबा अध्यक्ष भिम सिंह गुरुङले जानकारी दिए ।
सम्झौतामा नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ र चाइना ट्रेडिङ कम्पनी (सीटीसी) का प्रमुख कार्यकारी अधिकृत राजेन महर्जनले हस्ताक्षर गरे ।
सम्झौता कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहता, युवा तथा खेलकुद मन्त्रालयका सल्लाहकार सिद्धि व्यञ्जनकार, राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंहको उपस्थिती थियो ।
सम्झौताअनुसार लिनिङले नेपालको सिनियर राष्ट्रिय महिला र पुरुष टिमसँगै यू–१८ उमेर समूहको टोलीका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा जर्सी लगायत सम्पुर्ण खेल सामाग्री उपलब्ध गराउनेछ ।
सम्झौता कार्यक्रममा नेपाली राष्ट्रिय बास्केटबल टोलीको रातो, नीलो र सेतो रङको जर्सी सार्वजनिक गरियो ।
नेपाली राष्ट्रिय बास्केटबल पुरुष टोलीका कप्तान सदीश प्रधान, महिला टोलीकी कप्तान अनुशा मल्ल र लिनिङकी ब्रान्ड एम्बासडर तथा राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला सुब्बा तुम्बापोले बास्केटबल टोलीको जर्सी अनावरण गरेका थिए ।
नेबाका अध्यक्ष भिमसिंह गुरुङले सहकार्य निरन्तर गरेकोमा लिनिङलाई धन्यवाद दिँदै बास्केटबललाई अगाडि बढाउन यसले सहयोग पुग्ने बताए । उनले बास्केटबल सरकारको प्राथमिकतामा नपरेको र कभर्डहल पनि नभएको गुनासो गरे ।



प्रतिक्रिया 4