+
+
Shares

कैलालीमा च्याउ टिप्न गएका २ महिलालाई बाढीले बगायो, एक जनाको शव फेला

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते ८:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलालीको गोदावरी नदीमा शुक्रबार बिहान आएको बाढीले बगाउँदा एक महिलाको मृत्यु भएको छ भने अर्की महिला बेपत्ता छिन् ।
  • जंगलमा च्याउ टिप्न गएका गोदावरी नगरपालिकाका ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउदलाई नदीले बगाएको हो ।
  • बाढीले बगाएकी धमलाको शव फेला परे पनि बेपत्ता साउदको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए ।

२९ जेठ, धनगढी । कैलालीको गोदावरी नगरपालिका–३ मा गोदावरी नदीले बगाएको एक महिलाको शव फेला परेको छ भने अर्की महिला बेपत्ता छिन् ।

शुक्रबार बिहान आएको बाढीले गोदावरी नगरपालिका–४ बस्ने ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउदलाई बगाएको थियो ।

धमलाको शव गोदावरी नदीस्थित आर्यघाट नजिक भेटिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार बाढीमा बगेकी कल्पनाको अवस्था अज्ञात छ ।

प्रहरीका अनुसार शुक्रबार बिहान करिब पौने ७ बजेतिर नदीमा एक्कासी आएको बाढीले महिलाजस्ता देखिने दुई जनालाई बगाएको भन्दै गोदावरीस्थित शिव मन्दिरका पुजारी शक्रानन्द गिरीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि अस्थायी प्रहरी पोस्ट गोदावरी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट टोली घटनास्थलतर्फ खटिएको थियो ।

दुवै महिला शुक्रबार बिहान करिब ६ बजे जंगलमा च्याउ टिप्न भनेर घरबाट निस्किएका थिए । त्यसक्रममा खोलामा आएको बाढीले उनीहरूलाई बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?