News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को चौथो खेलमा आयोजक अमेरिकाले पाराग्वेविरुद्ध पहिलो हाफमा ३–० को अग्रता लिएको छ ।
- अमेरिकाका लागि फोलारिन बालोगुनले दुई गोल गरे भने पाराग्वेका डेमियन बोबाडिल्लाले एक आत्मघाती गोल गरे ।
३० जेठ, काठमाडौं । फिफा विश्वकप–२०२६ को चौथो खेलमा अमेरिकाले पहिलो हाफमा ३ गोलको अग्रता लिएको छ ।
अमेरिकाको लस एन्जल स्टेडियममा जारी खेलमा घरेलु टोलीले पाराग्वेविरुद्ध पहिलो हाफमै ३ गोल गरेको हो ।
खेलको ७ मिनेटमै आत्मघाति गोलमार्फत अमेरिकाले पहिलो अग्रता लिएको थियो । स्टन म्याकेनीले गरेको प्रहार रोक्न खोज्दा पाराग्वेका डिफेन्डर डेमियन बोबाडिल्लाले हानेको बल आफ्नो गोलपोष्टमा छिरेपछि अमेरिकाले अग्रता लियो ।
त्यसपछि ३१औं मिनेटमा फोलारिन बालोगुन गोल गर्दै अमेरिकाको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा फोलिरिनले नै व्यक्तिगत दोस्रो गोल गर्दे अमेरिकाको अग्रतालाई तेब्बर बनाए ।
Photo : IMAGO / NurPhoto
प्रतिक्रिया 4