News Summary
Generated by OK AI. Editorially reviewed.- आइतबार सुनको भाउ प्रतितोला १ हजार २ सय रुपैयाँ बढेर २ लाख ९३ हजार २ सय रुपैयाँ तोकिएको छ ।
- त्यस्तै चाँदीको भाउ प्रतितोला ५५ रुपैयाँ बढेर ४ हजार ८ सय ९५ रुपैयाँ पुगेको छ ।
३१ जेठ, काठमाडौं । आइतबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज प्रतितोला १ हजार २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ९२ हजार रुपैयाँ थियो । एक साताको अवधिमा भने सुनको भाउ ७ हजार ६ सय रुपैयाँ घटेको छ । गत आइतबार सुनको भाउ तोलामा ३ लाख ८ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको भाउ आज प्रतितोला ५५ रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८९५ रुपैयाँ पुगेको छ । यसअघि गत आइतबार चाँदी ४ हजार ८९५ रुपैयाँमै कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4