News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुरमा गुडिरहेको कारको टायरमा गोली प्रहार गरी प्रहरीले २० हजार क्याप्सुल लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
- पक्राउ पर्नेहरूमा बाराका ३५ वर्षीय जितेन्द्र पासवान तथा भारतीय नागरिकहरू ३२ वर्षीय अहमद लड्न र ३३ वर्षीय महमद सद्दाम रहेका छन् ।
- लागुऔषध नियन्त्रण ब्युरोका अनुसार रोक्न खोज्दा भागेपछि प्रहरीले कारको दायाँतर्फको टायरमा एक राउन्ड गोली प्रहार गरेको थियो ।
३१ जेठ, काठमाडौं । कारको टायरमा गोली हानेर ललितपुरमा प्रहरीले लागुऔषध बरामद गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले ठूलो मात्रामा लागुऔषध बरामद गर्नुका साथै तीन जना पक्राउ पनि गरेको छ । पक्राउ पर्नेहरूमा बाराको सिम्रौनगढ नगरपालिका–३ घर भएका ३५ वर्षीय जितेन्द्र पासवान, भारतीय नागरिक ३२ वर्षीय अहमद लड्न र अर्का भारतीय ३३ वर्षीय महमद सद्दाम छन् ।
बाराको सिम्रौनगढबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश बीएडी ९२०१ नम्बरको रातो कारभित्र ठूलो परिमाणमा लागुऔषध ट्रामोडल ल्याएको सूचना पाएपछि ब्यूरोको टोलीले पिछा गरेको थियो ।
उक्त कारका साथै बा ५२ प ४५६७ नम्बरको मोटरसाइकल समेत भेटिएको र रोक्न खोज्दा भागेपछि टायरमा गोली हानेर नियन्त्रणमा लिइएको ब्युरोका एसपी तथा प्रवक्ता दुर्गाराज रेग्मीले बताए ।
दायाँतर्फको टायरमा एक राउण्ड गोली हानिएको प्रहरीले बताएको छ । उनीहरूबाट २० हजार क्याम्सुल ट्रामाडोल बरामद गरिएको प्रहरीले बताएको छ । यसका साथै ५ थान मोबाइल पनि बरामद भएको छ ।
प्रतिक्रिया 4