News Summary
Generated by OK AI. Editorially reviewed.- हुम्लाको हिल्सा नाका हुँदै एक महिनामा ३ हजार ४४ भारतीय तीर्थयात्री तिब्बतस्थित कैलाश मानसरोवर दर्शनका लागि गएका छन् ।
- अध्यागमन कार्यालय हિલ્साका अनुसार मानसरोवर जानेहरूमा १ हजार ४५६ पुरुष र १ हजार ५८८ महिला रहेका छन् ।
- चालू आर्थिक वर्षको वैशाखयता ७५२ नेपाली नागरिक पनि सोही नाका हुँदै चीनको ताक्लाकोटतर्फ प्रस्थान गरेका छन् ।
३१ जेठ, हुम्ला । हुम्लाको हिल्सा नाका हुँदै तिब्बतस्थित कैलाश मानसरोवर दर्शन गर्न आउने भारतीय तीर्थयात्रीको संख्या बढिरहेको छ । हुम्ला हुँदै एक महिनाको अवधिमा ३ हजार ४४ जना भारतीय तीर्थयात्री मानसरोवर गइसकेका छन् ।
अध्यागमन कार्यालय हिल्साकाे तथ्यांकअनुसार वैशाख २५ गतेदेखि जेठ २८ गतेसम्म १ हजार ४५६ पुरूष, १ हजार ५८८ जना महिला गरी ३ हजार ४४ जना भारतीय तिर्थयात्रीले हिल्सा नाका हुँदै मानसरोवर कैलाश दर्शनका लागि गएका हुन् ।
अध्यागमन कार्यालय हुम्लाका निमित कार्यालय प्रमुख अम्मलाल पाण्डेले भारतीय तिर्थयात्रीहरूकाे बढ्न थालेको बताए ।
सिमकाेट विमानस्थल हुम्ला भएर यस वर्ष वैशाख २५ गतेदेखि भारतीय तिर्थयात्री आउन थालेकाे उनको भनाइ छ ।
प्रहरीचाैकी हिल्साका अनुसार ताक्लाकोट जाने नेपाली तीर्थयात्रीको संख्या पनि बढिरहेको छ । वैशाखयता ७५२ जना नेपालीहरू हिल्सा हुँदै चीनकाे ताक्लाकाेट गएकाे बताइएको छ ।
भारतीय तीर्थयात्रीहरू मानसरोवर दर्शन गर्न आउन थालेपछि हिल्सा नाकाका हाेटेलहरू भरिभराउ देखिएका हुन थालेका छन् ।
प्रतिक्रिया 4