News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौँमा आयोजित नवौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता सम्पन्न भई विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरिएको छ ।
- प्रतियोगिताको पुरुष सिनियरतर्फ शरदकुमार राई र महिलातर्फ खुसी विक पहिलो भएका छन् ।
- खेलकुदमन्त्री सस्मित पोखरेलले खुला सार्वजनिक जग्गामा खेलमैदान बनाएर स्केटबोर्डसहितका खेलको विकास गर्ने अभियानमा सरकार रहेको बताउनुभयो ।
३१ जेठ, काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा नवौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता २०८३ आइतबार काठमाडौमा सम्पन्न भएको छ ।
शनिबारदेखि शुरु भएको प्रतियोगिताका विजेता खेलाडीलाई आइतबार साँझ राष्टिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रामचरित्र मेहताले नगद पुरस्कार, शिल्डमेडल तथा प्रमाणपत्र वितरण गरेका छन् ।
प्रतियोगितमा पुरुष सिनियरतर्फ शरदकुमार राई पहिलो, विजय लिम्बु दोस्रो र विजय गुरुंग तेस्रो भएका थिए । महिलातर्फ खुसी विक पहिलो, समिक्षा राई दोस्रो र समिरा रानामगर तेस्रो भएकी थिइन ।
यस्तै गरेर पुरुष जुनियरतर्फ अंकित विक पहिलो, अभिषेश परियार दोस्रो र सन्देश नेपाली तेस्रो भएका छन् ।
पुरुष तथा महिला सिनियरतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः ३० हजार, २० हजार र १५ हजार रुपियाँ प्रदान गरिएको छ । यस्तै जुनियर पुरुष तथा महिला समूहमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिएको छ ।
प्रतियोगितामा देशभरबाट १५० पुरुष र १०० महिला खेलाडीको सहभागिता रहेको थियो । दुईदिने प्रतियोगितामा पहिलो दिन शनिबार छनोट चरणका खेल भएका थिए भने आइतबार दोस्रो दिन उत्कृष्ट खेलाडीबीच प्रतिस्पर्धा भएका थिए ।
यसअघि आइतबार विहान प्रतियोगिताको उद्घाटन गर्दे शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एमबुद्ध पार्क महानगरपालिकामा हुँदा आफूहरुले सोचे जस्तो बनेको बताउदै यसले स्केटिङ तथा स्केटबोर्डिङ खेललाई उचाईमा पुगाउन मद्धत पुग्ने बताएका थिए ।
उनले भने खुला सार्वजनिक जग्गामा यस्ता स्केटबोर्ड सहितका खेलका लागि खेलमैदमान बनाएर खेलको विकास गर्ने अभियानमा सरकार रहेको बताएका थिए ।
काठमाडौ महानगरपालिकाको वडानम्बर ५ मा हाँडीगाउँ पहेलो पुलनेर बनेको एमबुद्ध पार्कको निर्माणले आफू उत्साहित भएको उल्लेख गर्दे मन्त्री पोखरेलले यो पार्कको सुरक्षित भएर सदुपयोग गर्न पनि स्थानीयलाई आग्रह गरेका थिए ।
पुरस्कार वितरण गर्दे (राखेप) का सदस्य सचिव मेहताले सरकारले सबै खेलको विकास बिस्तार गर्ने र खेलाडीको पीरमर्का बुझ्ने नीति लिएको बताए ।
उनले स्केटमा पूर्वाधार विकास भइरहेको बताउदै यसले खेल र खेलाडीको विकासमा सहयोग पुग्ने बताउदै अब देश, विदेशबाट खेलाडी मेडल जित्ने अपेक्षा गरे ।
राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता यसअघि विराटनगर, बुटवल, पोखरा र काठमाडौंमा आयोजना भइसकेका छन् ।
उद्घाटन र पुरस्कार वितरण कार्यक्रम संघका अध्यक्ष अच्युत खनालको अध्यक्षतामा भएको थियो ।
प्रतिक्रिया 4