+
+
Shares

बैतडीमा वडा कार्यालयमा तोडफोड गरेर ल्यापटप चोरी

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १०:४९

१ असार, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका-४ को कार्यालयमा चोरी भएको छ । आइतबार राति वडा कार्यालयको छतको ढोका फुटाएर ल्यापटप चोरी फरेको वडाध्यक्ष तर्कराज भट्टले जानकारी दिए ।

‘छतमा गएर उक्त काठको ढोका फुटाएर सिसिटिभी क्यामेराको तार पनि चुडाएको छ, चार्जरसहित ल्यापटप चोरी भएको छ,  अन्य कम्प्युटरका तार पनि चुडालेको छ’, अध्यक्ष भट्टले भने ।

चोरीको विषयमा प्रहरीलाई जानकारी गराएलगत्तै टोलि खटिएको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?