+
+
Shares

सुनको भाउ प्रतितोला ५ हजार बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते ११:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोमबार सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेर प्रतितोला २ लाख ९८ हजार २ सय रुपैयाँ पुगेको छ ।
  • चाँदीको भाउ पनि प्रतितोला १२० रुपैयाँ बढेर ५ हजार १५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
  • अमेरिका र इरानबीच द्वन्द्व अन्त्यको सहमति भएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेको हो ।

१ असार, काठमाडौं । सोमबार सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९८ हजार २ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ९३ हजार २ सय रुपैयाँ थियो । एक साताको अवधिमा भने सुनको भाउ घटेको छ । गत सोमबार सुनको भाउ तोलामा २ लाख ९९ हजार ९ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ प्रतितोला आज १२० रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार १५ रुपैयाँ पुगेको छ । यसअघि गत सोमबार चाँदी ४ हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।

अमेरिका र इरानबीच द्वन्द्व अन्त्य गर्नका लागि सहमति भएसँगै अन्तर्राष्ट्रिय बजारमै कच्चा तेलको भाउ घटेको छ भने सुनचाँदीको मूल्य बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?