+
+
Shares

मन्त्री लम्सालको अभिव्यक्तिमा पूर्वआईजीपी खापुङको टिप्पणी– ‘कानुन बमोजिम नै त होला‍‍…’

पूर्वआईजीपी खापुङले लेखेका छन्, ‘कानून बमोजिम नै त होला नि मन्त्री ज्यूको आदेश ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १३:५७

१ असार, काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नौबिसे–मलेखु सडकखण्डमा बिजुलीका पोल सार्ने जिम्मा पाएको ‘ठेकेदारको खुट्टा भाँच्ने’ भनेको अभिव्यक्ति निकै विवादमा परेको छ ।

आइतबार पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे–मलेखु सडकखण्ड अनुगमन गर्ने क्रममा मन्त्री लम्सालले ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्ति दिएपछि पूर्वआईजीजीपी चन्द्रकुवेर खापुङले समेत टिप्पणी गरेका छन् ।

ईकान्तिपुरले हालेको भिडियोमा पूर्वआईजीपी खापुङले कमेन्ट गरेका छन्, ‘कानून बमोजिम नै त होला नि मन्त्री ज्यूको आदेश ।’

पूर्वआईजीपी खापुङले खुट्टा भाँच्ने अभिव्यक्ति दिएपछि त्यसलाई व्यङ्ग्य गर्दै कानून सम्झाउन खोजेको देखिन्छ । पूर्वआईजीपीको कमेन्टमा १०० जना भन्दा बढीले लाइक समेत गरेका छन् ।

मन्त्री लम्सालले बोलेको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । ‘जो यो पोलवाला हो नि बिजुलीको पोल, त्यो कन्ट्याक्टरलाई कहाँ छ खोजेर ल्याउनू, तेल्लाई पनि यहीँ राख्नू । घर पठाउने हैन । फेरि काम गरेन भने खुट्टा भाँच्दिनू, मतलब भएन,’ लम्सालले आइतबार भनेका थिए ।

उनी आइतबार नागढुंगा–मुग्लिन सडकखण्ड बिस्तारको प्रगति बुझ्न धादिङ गएका थिए । त्यसक्रममा उनले पूर्वी खण्ड (नौबिसे–मलेखु खण्ड) अनुगमनको क्रममा घाटबेसीमा सो अभिव्यक्ति दिएका हुन् ।

सडक निर्माणको जिम्मा पाएका ठेकेदार प्रतिनिधि र आयोजनाका अधिकारीहरुले नेपाल विद्युत् प्राधिकरणले ठेक्का दिएको ठेकेदार कम्पनीले बिजुलीका पोल सार्न ढिलाइ गर्दा काम गर्न गाह्रो भएको जानकारी गराएका थिए । त्यसपछि मन्त्री लम्सालले पनि ‘ठेकेदारको खुट्टा भाँच्ने’ अभिव्यक्ति दिएको एक प्रत्यक्षदर्शीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?